www.tandavnews.com
Fact ~ In search of truth

दिपक र बाबुरामले मोटरसाइकलमा १५ किलो गाँजा बोकेर हुँइकिएपछि…

ताण्डव
बुधबार बिहान ४ बजे वीरगञ्जको पथलैया सडकखण्डको रातोपुल नजिक मोटरसाइकलमा गाँजा ओसारपसार गर्ने दिपक पाख्रिन र बाबुराम वाइबा पक्राउ परेका छन् ।

एकाबिहानै सिमराबाट विरगञ्जतर्फ हुँइकिएको मोटरसाइकलको गति र चालकको हाउभाउमा शंका लागेपछि इलाका प्रहरी कार्यालय सिमराको टोलीले उनीहरुलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचमा ३३ वर्षीय पाख्रिन र २५ वर्षीय वाइबाले पछाडी बोकेको झोलाबाट १५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासँगै ना ४६ प ५९३१ नम्बरको मोटरसाइकल जफत गरी थप छानबिन गर्न बारा जिल्ला अदालतबाट म्याद थप गरेको छ । दुबैलाई लागुऔषध मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । पाख्रिन र वाइबा निजगढ नगरपालिका वडा नम्बर १३ निवासी हुन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.