www.tandavnews.com
Fact ~ In search of truth

पहिरो खस्दा ३ बेपत्ता, १ को उद्दार

रासस
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ को हुप्सेकोटमा पहिरो खस्दा ३ बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी ३ बेपत्ता हुनुका साथै १ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिरोले ४ घरका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । उनका अनुसार पहिराेले पुरेकाे अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी जारी छ ।

पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया, ७ वर्षीया नातिनी भूमिसरा र ६ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएको सूचना अधिकारी सिंहले बताए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.