www.tandavnews.com
Fact ~ In search of truth

१ वर्षमा १० खर्ब विप्रेषण भित्रियो

रासस
कोरोना कहरका कारण प्रमुख श्रम गन्तव्यमा नेपाली कामदारको गतिविधि कम भएपनि विप्रेषण आप्रवाहमा भने सकारात्मक प्रभाव देखिएको छ । सरकारले हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरेका कारण पनि वैधानिक माध्यमबाट विप्रेषण भित्रिने क्रममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आव २०७७÷७८ को विवरणअनुसार झण्डै रु १० खर्ब बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।

केन्द्रीय बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

आव २०७७÷७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो । आव २०७७÷७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई रु १० खर्ब ७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.