www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन आयोगः भदौ २२ गतेसम्म दल बदल्न पाइने

रासस

निर्वाचन आयोगले नेकपा ‘एमाले’ र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुवै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो ।

नेकपा ‘एमाले’ विभाजन भएर नेकपा ‘एकीकृत समाजवादी’ र जनता समाजवादी पार्टी ‘जसपा’ विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ नेपाल दर्ता भएका छन् । सरकारले हालै ल्याएको अध्यादेशअनुसार संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि यी दुवै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।

Batas

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया सुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुवै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने आयोगद्वारा जारी सूचनामा जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.