www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः दिनप्रतिदिन उतारचढाव हुँदै संक्रमित संख्या

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ७० जनामा गरिएको नमुना परीक्षणमा थप २ सय ९७ जनामा मात्रै पोजेटिभ रिपोर्ट देखिएको छ । सोमबारको तुलनामा गण्डकीमा आज १ सय २७ जना नयाँ संक्रिमत थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर १९, स्याङ्जा १८, कास्की १ सय ६२, तनहुँ ३०, गोरखा ५ र लमजुङ १३, बागलुङ १६ र पर्वत ३४ जना सक्रिय संक्रिमत रहेका छन् । गण्डकीका १२ वटा जिल्लामध्ये आज ८ वटा जिल्लामा संक्रमित भेटिएको हो । कास्कीमा मात्रै हिजोको तुलनामा आज ८९ जना नयाँ संक्रमित थएिको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ३ सय १९ जना निको भएर घर फर्किएका छन् भने २ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । दैनिकजसो संक्रमण र मृत्युदरमा उतारचढाव भने भइरहेको छ ।

Batas

आज गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङकी ६७ वर्षीय महिला र म्याग्दीका ७२ वर्षीय पुरुष रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ । हालसम्म कास्कीमा संक्रमितको संख्या ३२ हजार ८ सय ८ पुष्टि भएको छ । यस्तै निको भएर घर फर्किनेमा ३० हजार ७ सय ८५ जना रहेका छन् । सक्रिय केस १४ सय ६४ रहेका छन् भने मृत्यु हुनेको संख्या ५ सय ५९ रहेको छ ।

त्यस्तै देशभर कोरोना भाइरसको संक्रमण आज एकैदिन १ हजार ६ सय ६४ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घन्टामा १२ हजार २ सय २२ जनामा परीक्षण गर्दा १ हजार ६ सय ६४ जनामा संक्रमण देखिएको हो । ९ हजार १ सय १७ पिसिआर र ३ हजार १ सय ५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २३ र एन्टिजेनबाट १ सय ४१ जना संक्रमित भएका हुन् । हाल देशभर ३५ हजार ५ सय ९१ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला २० वटा रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज १ हजार ७ सय ८६ जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख १६ हजार ३ सय ६ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट विगत २४ घन्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७ सय ५० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६२.३ जनाको संक्रमणका कारणले निधन हुने गरेको छ ।

यस्तै ६ सय ३७ जना सघन उपचारकक्ष (आइसियू), १ सय ६४ जना भेन्टिलेटर, ३३ हजार २ सय १४ जना होमआइसोलेसन, २ हजार ३ सय ७७ जना संस्थागत आइसोलेसन र ३ सय २९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.