www.tandavnews.com
Fact ~ In search of truth

ऋषिङमा ५ दिनपछि बल्यो बत्ती, यातायात सेवा भने पूर्णरूपमा अवरुद्ध 

जिल्लाको ऋषिङ गाउँपालिकामा ५ दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिरोले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिंगो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मंगलबारदेखि बत्ती बलेको छ ।

गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङबासी अन्धकारमा जीवन बिताउन बाध्य थिए । गाउँपालिकाको ८ वटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयबासीले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । अविरल वर्षाले श्रृंगपथअन्तर्गत अजम्बरीमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अघिल्लो महिनाको वर्षाले जस्तै गरी क्षति पुगेको उनले बताए । वर्षाका कारण गाउँपालिकाका ८ घरमा पूर्ण क्षति भएको छ । उनले भने, ‘आंशिक क्षति भएका घरको तथ्यांक लिने काम भइरहेको छ ।’

ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब २ मिटर तल भाँसिएर क्षति भएको गाउँपालिकाले जनाएको छ । श्रृंगपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आवतजावतमा कठिनाइ भएको छ । यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएसँगै मानिसको आवतजावतमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी ३ पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

Batas

त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब १ सय मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । त्यस्तै पहिराका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीयबासी विष्णुभक्त सिग्देलले जानकारी दिए । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग जोडदार माग गरिएको उनले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.