www.tandavnews.com
Fact ~ In search of truth

कोभिडः १ करोड ९२ हजार मात्रा खोप लगाइयो

ताण्डव

नेपालमा कोरोना भाइरसविरुद्धको खोप १ करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउन योग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।

सो निर्णयअनुसार बुधबारसम्ममा १ करोड ९२ हजार १ सय ६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७.९ प्रतिशतले खोपको पहिलो मात्रा र १५.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

Batas

मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३ सय २८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.