www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीनारायण क्याम्पसको ६२ औं वार्षिकोत्सव सम्पन्न

ताण्डव

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक क्षेत्रको विकासमा समाजको अतुलनीय योगदान रहेको बताएका छन् । पृथ्वी नारायण क्याम्पसको ६२ औं वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले शिक्षाको विकासमा गरेको लगानिबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताए ।

मुलुककै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत जनस्तरबाट सञ्चलित पृथ्वीनारायण क्याम्पसको उत्पादनले मुलुकको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले मुलुककै नमुना क्याम्पसको रुपमा परिचित यसको शैक्षिक एवं भौतिक विकासमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरे ।

Batas

यस क्षेत्रका विपन्न वर्ग एवं आर्थिक स्रोत कमजोर भएका विद्यार्थीका लागि उच्च शिक्षा आर्जन गर्ने थलोका रुपमा रहेको यस क्याम्पसले निरंकुश व्यवस्था विरुद्ध उभिने दर्जनौ विद्यार्थी नेता उत्पादन गरेको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले अबको आवश्यकता भनेको उत्पादनसँग जोडिने प्रविधियुक्त जनशक्ति उत्पादन भएको बताए ।

क्याम्पसका संस्थापक जर्जजोनले यस क्षेत्रको शैक्षिक विकासको मेरुदण्डकोरुपमा रहेको यस क्याम्पसको स्थापना एवं सञ्चालनमा तत्कालीन शिक्षाप्रेमी लगायत समाजको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.