www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालय ‘हल्ट प्राइज २०२१/२२’ को तयारी

ताण्डव

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सामाजिक उद्यमशिलता चुनौती २०२१/२२ आयोजना गर्ने भएको छ । १ मिलियन डलरको ‘ग्लोबल स्टार्टअप’ पुरस्कार रहेको ‘हल्ट प्राइज’ विश्वविद्यालयमा अध्यनरत विद्यार्थीमा अन्तरनिहित नविनतम सोंचलाई उजागर र मार्गनिर्देश गरी उद्यमशीलतातिर प्रोत्साहन गर्ने माध्यम बनेकाे छ ।

इसं २०१७ मा कुसुमशिला भट्टको नेतृत्वमा स्थापित हल्ट प्राइज एज पोखरा युनिभर्सिटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाएको छ । गत वर्ष २०२०/२१ का क्याम्पस निर्देशक आशिष लामिछानेको नेतृत्वमा यो कार्यक्रम बिल बोर्डमासमेत पर्न सफल भएको थियो । कार्यक्रमलाई यस वर्ष भने ०२०/२१ का सहायक क्याम्पस निर्देशक प्रशान्त भुषालले नेतृत्व गर्ने छन् ।

Batas

विगतमा भएका उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सूदृढ ढंगले हल्ट प्राइज फाउन्डेसनद्वारा निर्देशित सम्पूर्ण कार्य कुशलतापूर्वक सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको निर्देशक भुषाल बताउँछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.