www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ बेपत्ता

ताण्डव

पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा ५ जना पुरिएकोमा २ मृतावस्थामा फेलापरेका छन् ।

पहिरामा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिएका छन् ।

Batas

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको शव फेलापरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ । जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.