www.tandavnews.com
Fact ~ In search of truth

अफगानिस्तानबाट स्वदेश फर्किने नेपालीको संख्या ८ सय ६० पुग्यो

ताण्डव
अफगानिस्तानबाट अहिलेसम्म ८ सय ६० जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार कतार एयरको नियमित उडानबाट १ जना स्वदेश फर्किएसँगै अहिलेसम्म ८ सय ६० नेपालीको उद्दार भएको हो ।

त्यहाँबाट आएकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । यस्तै काबुलमा उद्दारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ । तालिवानले काबुलसहित मुख्य सहर नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेको संख्या बढिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.