www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकल र एम्बुलेन्स एकआपसमा ठक्कर खाँदा ४ घाइते

ताण्डव
तनहुँको व्यास नगरपालिका १० कमलबारी स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल र एम्बुलेन्स एकआपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश २–०४– ००१ प् ०१४८ नम्बरको मोटरसाइल र विपरीत दिशाबाट जाँदै गरेको ग १ झ ४५८ नम्बरको एम्बुलेन्स ठक्कर खाँदा दुर्घटना भएको हो । घाइते ४ जनाकै अवस्था मध्यम रहेको र उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.