www.tandavnews.com
Fact ~ In search of truth

जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

ताण्डव

जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पिजी रियल स्टेट एन्ड जब लिंक नामक संस्था सञ्चालन गरेका वर्ष २१ का कृष्ण पौडेललाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
स्याङ्जा फेदीखोला घर भई हाल तालचोक बस्ने पौडेललाई प्रतिव्यक्ति २५ सयका दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Batas

उनलाई आपराधिक लाभ र विश्वासघात मुद्दामा कास्की अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.