www.tandavnews.com
Fact ~ In search of truth

हुप्सेकोट गाउँपालिकाको ‘२ करोड ८१ लाख ९३ हजार रुपैयाँ’ कता हरायो ?

माधव भुसाल
नवलपुर/ताण्डव न्यूज

नवलपरासी (बर्दघाट सूस्ता पूर्व)स्थित हुप्सेकोट गाउँपालिकाको आन्तरीक आयको हिसाबमा गडबडी देखिएको छ । गाउँपालिकाले पेश गरेको आय रकममा गडबडी देखिएको महालेखापरीक्षकको कार्यालयको परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले पेश गरेको एकिकृत आय व्यय विवरण अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ४ करोड ६० लाख १४ हजार आम्दानी प्राप्त गरेको देखाएको छ । तर पालिकाको सुत्रको वित्तिय प्रतिवेदनको अनुसुची ११ अनुसार आन्तरीक आय ७ करोड देखिन्छ ।

Batas

पालिकाले पेश गरेको विवरण र सुत्रको वित्तिय प्रतिवेदनमा २ करोड ८१ लाख ९३ हजार फरक देखिएको छ ।

आय विवरण फरक देखिएपछि महालेखाको कार्यालयले यस विषयमा विवरण पेश गर्न भनेको छ । ‘पालिकाको एकिकृत वित्तिय विवरण र सुत्रको वित्तिय प्रतिवेदनमा रु.२ करोड ८१ लाख ९३ हजार फरक परेको सम्बन्धमा एकिन गरी सोको विवरण पेश गर्नुपर्ने देखियो ।’, महालेखाको परिक्षण प्रतिवेदनमा भनिएको छ ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले सुत्रमा सबै अपडेट हुनुपर्ने बताइन् । ‘सबै अपडेट हुनुपर्ने हो । एक पटक लेखा अधिकृतलाई सम्पर्क गर्नुस् न है’ उनले भनिन् ।

ताण्डव न्यूजले लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीलाई सम्पर्क गर्दा कुनै कुनै विवरण ‘सुत्र’मा अपडेट नगरिएको बताए । ‘केही योजनाहरु हामीले मेनुअल्ली गरेका छौँ, त्यहि भएर होला’ अधिकृत रेग्मीले सुनाए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७६ तथा महालेखा नियन्त्रकको कार्यलयले निःशुल्क रुपमा उपलव्ध गराई सबै गाउँपालिका तथा नगरपालिकाहरुले ‘सब नेसनल ट्रेजरी रेगुलेटरी ट्रेजरी एप्लिकेसन’ (सुत्र) प्रयोग गरी लेखा राख्नुपर्ने व्यवस्था छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.