www.tandavnews.com
Fact ~ In search of truth

बागलुङः दैनिक ४ घण्टा विद्यालय खुलाइने

गलकोट

बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिका भित्रका विद्यालय खुलाउने भएको छ । पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखाप्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए ।

यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ –१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए । नगर शिक्षा शाखाले आज आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरुसँगको बैठकले दैनिक ४ घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो । ‘दैनिक ४ घण्टा विद्यालय सञ्चालन गर्ने, प्रार्थनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमति दिइएको छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा २ विद्यार्थी राखेर कम्तीमा २० मात्रै कक्षाकोठामा राखेर विद्यार्थी संख्याका आधारमा ३ सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौं ।’

Batas

विद्यालयको साप्ताहिक विवरण नगरपालिकाको शिक्षा शाखामा पेस गर्ने र विद्यालयमा समस्या आएमा वडाको सहजीकरणमा विद्यालय बन्द अथवा समय परिवर्तन गर्न सकिने छ । जिल्लामा अहिले कोरोना दर घटेर १ सयभन्दा तल आएपछि जिल्लाका विद्यालय खुल्न थालेका हुन् । विद्यालय सञ्चालन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको शिक्षा शाखालाई दिइसकेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.