www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पक्ष ‘एस’ का दर्जनौं विद्यार्थी ‘नेकपा एमाले’ मा फर्किए

ताण्डव न्युज

एमालेसँग असन्तुष्ट भई नयाँ पार्टी नेकपा ‘एकीकृत समाजवादी’ पार्टी दर्ता गराएका माधव नेपाल पक्षका अखिल कास्कीका दर्जनौं विद्यार्थी नेकपा एमाले अखिलमा फर्किएका छन् ।

माधव पक्षका अखिल फोर्स केन्द्रीय सहसंयोजक दिनेश ढुंगाना, सचिवालय सदस्य स्वीकार पोखरेल, सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस अखिल अध्यक्ष दुर्गानाथ लामिछाने, केन्द्रीय सचिवालय सदस्य कुशल बराल, कास्कीका सहअध्यक्ष दिपक आचार्य, केन्द्रीय सदस्य सुन्दर बराल साथै रविन्द्र अधिकारी, कुशल लम्साल, विशाल भण्डारी, मनोज कोइराला, अमृता पोखरेल, विजया पराजुली, विपिन सुवेदी, विरेन्द्र विक, शिशिर पौडेललगायत दर्जनौं एमाले अखिलमा फर्किएका हुन् ।

Batas

आज बसेको बैठकले दिनेश ढुंगाना र स्वीकार पोखरेललाई जिल्लाभन्दा माथिका कमिटीमा जिम्मेवारी दिने निर्णय गरिएको छ । यता अनेरास्ववियु कास्की सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा सुन्दर बराल त्यस्तै कार्यालय सदस्यमा कुशल बराल र दिपक आचार्यलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी अनेरास्ववियु पोखरा महानगर सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा दुर्गानाथ लामिछाने र सदस्यमा रविन्द्र अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी सम्मेलन आयोजक कमिटीको कार्यालय सदस्यमा कुशल लम्साल, विशाल भण्डारी, मनोज कोइराला, सचिवालय सदस्यमा अमृता पोखरेल र विरेन्द्र विकलाई राखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.