www.tandavnews.com
Fact ~ In search of truth

एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १३ मा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरि निःशुल्क कम्प्युटर तथा सिप विकास तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयले एसईई दिएर बसेका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको हो ।

बुधबार पोखरा महानगरपालिकका प्रवक्ता तथा वडा नं. २५का वडा अध्यक्ष मोतिलाल तिम्सीनाद्धारा तालिमको उद्घानटन गरिएको हाे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता तिम्सीनाले महानगरपालिकाका ३३ वटा वडा मध्य १३ नं वडाले उत्कृट कार्य गर्दै आएकोे बताए । १३ नं वडाले गरेको तालिम अन्य वडामा पनि विस्तार गर्ने आवश्यक रहेको प्रवक्ता तिमिल्सिनाले बताए ।

Batas

बिहिबाट सुरु हुने तालिममा २ सय विद्यार्थी सहभागी हुने वडा नं १३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।

वडा अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव अन्जु गुरुङले गरेकी थिइन् । भने स्वागत मन्तब्य आभाष दाहलले राखेका थिए ।

 

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.