www.tandavnews.com
Fact ~ In search of truth

देशभर पछिल्लो २४ घण्टामा १ हजार २ सय ३४ जना कोरोनामुक्त

थप ८ सय ३५ जनामा संक्रमणको पुष्टि

काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४० आरटिपिसीआर परीक्षण गरिएकोमा ८ सय ३५ जनामा संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २ हजार ८ सय १८ वटा एन्टिजेन परीक्षण गर्दा २ सय ३१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ३४ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

Batas

यसैगरी पछिल्लो २४ घण्टामा १७ हजार ३ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै हालसम्म ६१ लाख ९८ हजार ९ सय ३६ जनाले पहिलो मात्रा र ५५ लाख ६१ हजार ८ सय ८५ जनाले पूर्ण मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बिहिबारसम्म नेपालमा २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ३ सय ८९, भेन्टिलेटरमा १ सय २१, होम आइसोलेसनमा २३ हजार ६ सय ३६, संस्थागत आइसोलेसनमा १ हजार ४ सय ४६ र क्वारेन्टाइनमा २ सय ४६ जना उपचाररत रहेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.