www.tandavnews.com
Fact ~ In search of truth

अवरुद्ध डुम्रे-बेंसीसहर सडक एकतर्फी सुचारु

दमौली

सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेंसीसहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरो जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिरोले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए ।

उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

Batas

सडक डिभिजन कार्यालयका सहयोगमा जेसिभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ । ‘दुईतर्फी रुपमा बाटो सुचारु गराउन केही समय लाग्ने देखिएको छ,’ उनले भने ।

 

 

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.