www.tandavnews.com
Fact ~ In search of truth

‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’ का लागि ९ खेलाडी छनोट

कास्की

नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’ मा भाग लिने भएको छ । पोखरामा १ महिना अघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि ९ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो संघले जनाएको छ ।

बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।

Batas

नेपाल मार्सल आर्टस् हाप्किडो संघ गण्डकीका उपाध्यक्ष तारा थापामगरले १ महिना लामो बन्द प्रशिक्षण समापन गरिएको र केही दिनको आरामपछि पुनः रसिया जानु १० दिन अगाडि काठमाडौँमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिइन् । उनका अनुसार हाप्किडो संघका प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ नेतृत्वमा रसिया जाने खेलाडीमा ४ महिला र ४ पुरुष खेलाडी छन् ।

सहभागी हुने खेलाडीमा भुवन बुढामगर लुम्बिनी, प्रविन गुरुङ बागमती, कृति गिरी गण्डकी प्रदेश, विजयाकुमारी वाइबा प्रदेश नं १, गंगा घर्तीमगर लुम्बिनी, नवीना श्रेष्ठ लुम्बिनी, गुमान घर्तीमगर लुम्बिनी र गणेश केसी लुम्बिनी रहेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.