www.tandavnews.com
Fact ~ In search of truth

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार विजयी भएका क्लबहरु

पोखरा ।

पोखरेली युबाहरुको संस्था लालिगुरास एशोसियन नेपालको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” पोखरामा जारी रहेको छ ।

शनिबार सम्पन्न खेलमा कमलपोखरी युबा कलब, शुक्लागण्डकी युबा क्लब दुलेगौडा, नयाँगाँउ फुटबल क्लब, नेपाली सेना पश्चिम पृतना, रामघाट युबा क्लब बि, जङल्याण्ड युबा क्लब र वालिङको चैट चैट चैट र घारीपाटन फुटबल क्लबले जितेको छ ।

Batas

सम्पन्न भएका खेल मध्ये दुइ वटा खेलहरु टाइब्रेकरमा नतिजा निस्किएको हो । सोल्टी फुटबल क्लब र रामघाट फुटबल क्लबको बि को खेल २–२ गोलमा सकिएपछि टाइब्रेकरमा रामघाटले ३–२ गोलले आफ्नो पक्षमा नतिजा हात पा¥यो ।

त्यसैगरि जङल्याण्ड फुटबल क्लब र एलसी एकेडेमीको खेल गोल रहित बराबरीमा सकिएपछि टाइब्रेकरमा जङल्याण्डले ३–२ गोलले बिजयी बन्यो । त्यसै गरि वालिङको चैट चैट चैट क्लबले सिङ्गापुर टोल क्लबलाई ५–० गोलले पराजित ग¥यो भने पश्चिम पृतनाले मेरो नेपाल युवा क्लवलाई ३–० गोल अन्तरले पाखा लगायो ।

त्यसैगरि कमलपोखरी युवा ब्लवले इन्द्रेणी एकेडेमीलाई २–० ले, शुक्लागण्डकी दुलेगौडाले याम्दी युबा क्लवलाई ३–० ले र घारीपाटन ले एकता एफसी बिलाई २–० गोल अन्तरले पराजित गरे ।

बैशाख १ गते सम्म अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा करिब ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।
संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.