www.tandavnews.com
Fact ~ In search of truth

मुन्द्रा चोरी गरी फरार रहेका माचिन तामाङ पक्राउ

ताण्डव
पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लुट्ने माचिन तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पोमपा वडा ३२ बस्ने मरियन गुरुङलाई घाँस काट्दै गरेको अवस्थामा ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाई सुन चोरी गर्ने सोही वडाका ४६ वर्षीय माचिन तामाङलाई सुनसहित शिशुवा प्रहरीले घटना भएकाे भाेलीपल्ट पक्राउ गरेको हो ।

चोरी गर्ने माचिनको स्थायी घर घादिङ गंगाजमुना भएको र हाल पोमपा ३२ खुदिखोला बस्दै आएका थिए । उनलाई कास्की जिल्ला अदालतबाट डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.