www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा ४९ घरेलु उद्योग खारेज

लमजुङ

घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत ३ आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ १ सय ९ वटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७/२०७८ मा ३२, आव २०७६/२०७७ मा ११ र आव २०७५/२०७६ मा ६ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

Batas

त्यस्तै वाणिज्यतर्फ आव २०७७/२०७८ मा ६१, आव २०७६/२०७७ मा २५ र आव २०७५/२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए । उनले भने, ‘हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छौं तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।’

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.