www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकाको मत परिणाम सार्वजनिक, सभापतिमा विरेन्द्र विजयी

ताण्डव न्यूज

पोखरा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका समितिको सभापतिमा विरेन्द्र गुरुङ विजयी भएका छन् । उनले ९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मधुसुदन अधिकारीले ७६ मत प्राप्त गरे ।

Batas

आज भएको निर्वाचनको मतपणिाम अनुसार उपसभापतीमा ८८ मत ल्याउँदै मिनबहादुर गुरुङ र ८७ मत ल्याउँदै रामबहादुर गुरुङले जीत हासिल गरे । त्यस्तै सचिवमा ९३ मत प्राप्त गरी केशवराज अधिकारी, ७५ मत प्राप्त गर्दै सञ्जय लम्साल विजयी बने । त्यसैगरी सहसचिवमा ८३ मत प्राप्त गरेका बालकृष्ण गौतम र ८८ मत महादेव गुरुङ विजयी भएका छन् ।

सदस्यमा महिलातर्फ वडा नं १ बाट जमुना पुन, वडा नं २ बाट जमुना गुरुङ, वडा नं ३ बाट सीता भुजेल, ४ बाट पुमा कुमारी शर्मा, ५ बाट ईन्द्रकुमारी गुरुङ, ६ बाट सावित्री गौतम, ७ बाट किरण उचाई क्षेत्री, ८ बाट तारा गौतम र ९ बाट अजिता तामाङ चयन भए ।

त्यसै गरी १८ पदका लागि पुरुषतर्फ वडा नं १ (क) बाट ईन्द्रबहादुर गुरुङ र (ख) हुमबहादुर गुरुङ , वडा नं २ (क) बाट भिमबहादुर गुरुङ र (ख) तिलकुमारी तामाङ, वडा नं ३ (क) बाट नविन कुमार श्रेष्ठ र (ख) भिममाया श्रेष्ठ, वडा नं ४ (क) बाट लिलाधर ढकाल र (ख) बलराम अधिकारी, वडा नं ५ (क) बाट राजुप्रसाद ढुंगाना र (ख) श्यामबहादुर गुरुङ निर्वाचित भए ।

त्यसैगरी वडा नं ६ (क) बाट दिनानाथ दवाडी र (ख) नन्दलाल ढुंगाना, वडा नं ७ (क) बाट लेखा गुरुङ र (ख) विनय गुरुङ, वडा नं ८ (क) बाट अर्जुन दमाई र (ख) नारायण अधिकारी र वडा नं ९ (क) बाट खुसीमान गुरुङ र (ख) चन्द्रबहादुर पौडेल क्षेत्री निर्वाचित भए ।

गाउँपालिकामा क्षेत्रीय प्रतिनिधि र वडा ईकाई सभापति गरी १ सय ७१ मध्ये १ सय ६९ मत खसेको थियो । खसेको मध्ये १ मत बदर भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.