www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा घटेनन् कोरोना संक्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण

लण्डन

बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ती संक्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४ सय १७ जना संक्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती संक्रमतिहरुसँगै यहाँ अहिलेसम्म संक्रक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म संक्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५ सय २० जना पुगेको छ । त्यसैगरी यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १ सय ६८ जनाको मृत्यु भएको छ ।

Batas

त्यसैगरी गएको २४ घन्टामा मात्र यहाँ ५८ जनाको संक्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ । केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइए भए पनि पछिल्लो हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ ।

पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जनाभन्दा पनि बढी संक्रमित थपिने गरेका बताइएको छ ।

रासस÷सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.