www.tandavnews.com
Fact ~ In search of truth

एमालेको विधान महाधिवेशनमा जे देखियो (फोटो फिचर)

ललितपुर, ताण्डव न्यूज

नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी छ । महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका छन् । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताए ।

अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत आरोप लगाएका छन् । कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड-माधवले सुरूदेखि नै षड्यन्त्र गरेर नेकपा विभाजन गरेको उनको आरोप छ । ओलीले उद्घाटन सत्रमा आफ्नो सम्बोधन भाषण टुंग्याउन नसकेपछि उनको लिखित भाषण शंकर पोखरेलले पढेका थिए । ओलीको राजनीतिक प्रतिवेदनमा मुलुकभित्र राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशालगायत समेटिएको छ । संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको ४४ पृष्ठमा समेटिएको राजनीतिक प्रतिवेदन तयार पारेका हुन् ।

Batas

सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । एमालेका पछिल्ला कार्यक्रममा यो गीत बज्न छाडेकामा महाधिवेशनबाट फेरि सो गीतबाट सुरूआत गरिएको हो ।

 

 

तस्बिरः राजन काफ्ले

 

 

 

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.