www.tandavnews.com
Fact ~ In search of truth

ज्येष्ठ नागरिक दिवसमा ७१ जना सम्मानित

पोखरा, ताण्डव न्यूज

३० औं ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरामा ७१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय परोपकार महासंघ नेपाल, नागरिक मिलन केन्द्र इकाई समिति वडा १५ को आयोजनामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सिद्धेश्वर मन्दिर सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई फूलको गुच्छा र न्यानो ज्यकेटद्वारा सम्मान गरिएको राष्ट्रिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का कोषाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । सो अवसरमा प्रमुख अतिथि ९९ वर्षीय बृद्ध बसन्त गिरीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।

Batas

कार्यक्रमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय पारेपकार महासंघ केन्द्रिय अध्यक्ष एवं विशेष अतिथि पण्डित कमलनयन गौतमले आमाबाबा नै इश्वरको रुप रहेको बताए । उनले घरमा रहेका वयोवृद्ध साक्षात देवतातुल्य रहेको बताउदै उनीहरुको सम्मान र सेवा गरे देवता खोज्न कतै जान नपर्ने बताए ।

कार्यक्रममा शुभकामना बोल्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष्य प्रकाश पौडेलले ज्येष्ठ नागरिकमैत्री वडा बानउन लागिपरेको बताए । उनले ज्येष्ठ नागरिकका कुनैपनि समस्या या गुनासा भएमा वडामा जानकारी गराउन आग्रह गरे । कास्की जिल्ला समन्वय समिति सदस्य तोरण बनियाले वडाले ज्येष्ठ नागरिकको समस्यालाई मधयनजर गर्दै छिट्टै घर घरमै पुगेर बृद्धभत्ता दिने व्यवस्था गर्न पहल गरिरहेको बताए ।

संगम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा रष्टिय परोपकार महासंघ नेपाल वडा इकाई १५ का सल्लाकार क्याप्टेन हरिकृष्ण कुँवरले ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापनाबारे चर्चा गरे । उनले ज्येष्ठ नागरिकलाई मिठो बोली र सम्मान नै सबैभन्दा ठूलो सम्मान र उपहार हुने बताए । अबको पुस्तालाई ज्येष्ठ नागरिकको सम्मान गर्न सबैले प्रेरित गर्नुपर्ने उनले बताए । कार्यक्रममा कोलपाटन सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पराजुली, गलेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललीत भण्डारी लगायतले धारणा राखे ।

राष्ट्रिय पारेपकार महासंघ नेपाल वडा इकाई १५ का अध्यक्ष कृष्णबहादु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष केम बहादुर गुरुङ र सचिब ख्याम नारायण पौडेलले पनि बोलेका थिए । कार्यक्रमा ज्येष्ठ नागरिको हितको लागि इकाई समितिलाई समाजसेवी तथा दाताहरुले आर्थिक सहयोग गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.