www.tandavnews.com
Fact ~ In search of truth

देवदह मेडिकल कलेजको संस्थागत विकासका लागि प्रशंसनीय खोज तालिम

पोखरा, ताण्डव न्यूज

देवदह मेडिकल कलेजको संस्थागत विकास गरी गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्न कलेजमा कार्यरत जनशक्तिमा सकारात्मक सोचको विकास गर्न प्रशंसनीय खोज तालिम सञ्चालन गरीएको छ ।

३ दिनसम्म सञ्चालन हुने यस तालिममा कलेजमा कार्यरत १ सय ५० जनाभन्दा बढी शिक्षक तथा कर्मचारीहरुको सहभागिता थिए । तालिमले व्यक्तिमा अन्तरनिहित सकारात्मक क्षमताहरुको प्रष्फुटन गराई व्यक्तिगत तथा संस्थागत क्षमता विकास गरी सकारात्मक रुपान्तरणको मार्गनिर्देशन गर्न अभिप्रेरित गर्ने तालिमका सहजकर्ता डा. आरसी लामिछानेले बताए ।

Batas

संसारभरीकै ख्याती प्राप्त सकारात्मक व्यवस्थापन विधीको रुपमा प्रचलीत प्रशंसनीय खोज तालिमले सहभागीहरुका आन्तरीक वार्तालाप र त्यसको प्रभाव, सोच्ने तरिका, व्यवहार गर्ने तरिका, घरपरिवार, शाखा महाशाखाका सेवाग्राहीहरु र देवदह मेडिकल कलेजमा भित्र र बाहिर यसले पार्ने प्रभावको बारेमा जानकारी गराउन तथा कर्मचारीहरुमा सकारात्मक सोच र सकारात्मक धारणाको विकास गरी आफ्नो व्यक्तिगत जीवन, परिवार, देवदह मेडिकल कलेजमा र सेवाग्राहीहरुप्रति सकारात्मक बनाएर सबै कर्मचारीहरुमा सकारात्मक सोचको विकास गरी भविष्यमुखी सोचको विकास गरी म गर्न सक्दछु भन्ने भावनाको विकास गराउन अभिप्रेरित गर्नेछ ।

उक्त तालिमले देवदह मेडिकल कलेजका सबै विभाग भित्रका तहहरु एवं निकायहरु तथा अन्तर विभागहरुबीच पारदर्शी सञ्चार र सहयोग एवं सद्भावसहितको संस्कृतिको सवलीकरण गरी संस्थाको सकारात्मक छवि निर्माण गरेर कलेजलाई नयाँ पहिचानसहित स्थापित गर्न सहजीकरण गर्ने बताइएको छ ।

नेपालमा प्रशंसनीय खोज पद्धतिमा विगत १० वर्षदेखी खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सका प्रमुख कार्यकारी अधिकृत डा. रामचन्द्र लामिछानेले सहजीकरण गरेका छन् । यस तालिमले देवदह मेडिकल कलेजका सवलपक्षहरुको उत्खनन गरी नयाँ भिजन तयार गरी नयाँ भिजन प्राप्तिका लागि नयाँ संरचना तथा कार्ययोजना समेत तयार गर्नेछ ।

यस तालिमले मेडिकल कलेजमा कार्यरत जनशक्तिमा सकारात्मक सोच र कार्यशैलीको विकास गरी समग्र कलेजको नयाँ पहिचान स्थापना गर्ने कुरा कलेज कार्यसमितिका अध्यक्ष श्री गोपालबहादुर पोख्रेलले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.