www.tandavnews.com
Fact ~ In search of truth

तालिबानहरू सत्तामा आएपछिः चीनले आफ्नो सीमा सुरक्षाका लागि ल्यायो नयाँ कानुन

बेइजिङ

समाचार संस्था रोयटर्सका अनुसार हिमालय क्षेत्रमा भारतसँगको विवाद चर्चामा रहेका बेला चीनले शनिबार सीमा सुरक्षासम्बन्धी नयाँ कानुन पारित गरेको हो । चीनको नेपालसहित विभिन्न १४ मुलुकसँग जमिनमा झन्डै २२ हजार किलोमिटर सीमा जोडिएको छ । उसले आफ्नो देशको सीमा सुरक्षा बढाउन नयाँ कानुन ल्याएको छ।

अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि सीमा जोडिएको पश्चिमी प्रान्त सिन्जियाङमा पर्न सक्ने प्रभाव र म्यानमार तथा भियतनामबाट आउने आप्रवासीले फैलाउन सक्ने कोभिड १९ को संक्रमणलाई पनि ध्यानमा राखेर चीनले नयाँ कानुन ल्याएको बताइएको छ । जनगणतन्त्र चीनले स्थापनापछि सीमालाई कसरी सञ्चालन गर्ने भनेर पहिलोपटक ल्याइएको उक्त कानुन आगामी जनवरी १ देखि लागू हुने समाचारमा उल्लेख गरिएको छ।

Batas

एजेन्सी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.