www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ: २ पालिकामा कोरोना संक्रमित शून्य, गण्डकीमा ९ लाखले लगाए खोप

दमौली

तनहुँका १० स्थानीय तहमध्ये २ गाउँपालिकामा कोरोना संक्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना संक्रमणमुक्त गाउँपालिका भएको हो ।

देवघाटका ९० र आँबुखैरेनीका १ सय ११ संक्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना संक्रमण सुरु भएपछि देवघाटका १ र आँबुखैरेनीका १ संक्रमितको मृत्यु भएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिए । भानुमा ५, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा ३, म्याग्देमा ६, घिरिङमा १, ऋषिङमा १ र बन्दिपुरमा १ सक्रिय संक्रमित छन् । सबै संक्रमित होम आइसोलेशनमा छन् ।

Batas

जिल्लामा हालसम्म ५ हजार ३ सय ७५ जनामा संक्रमण पुष्टि भएकामा ५ हजार २ सय ४ जना निको भएका छन् । यसक्रममा १ सय २४ संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

गण्डकीमा ९ लाखले लगाए खोप

गण्डकी प्रदेशमा हालसम्म ९ लाख १० हजार ४ सय १५ ले पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको संख्या ६ लाख २२ हजार ९ सय ६७ रहेको छ ।

गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार १ सय ९ ले दुवै, कास्कीमा २ लाख ७८ हजार २ सय ९७ ले पहिलो र १ लाख ८८ हजार ६ सय २९ ले दुवै, लमजुङमा ६९ हजार ७ सय ६७ ले पहिलो र ५० हजार ९ सय ८५ ले दुवै, नवलपुरमा १ लाख ८ हजार ६३ ले पहिलो र ६९ हजार ५ सय ९६ ले दुवै, बागलुङमा ७४ हजार १ सय १५ ले पहिलो र ५० हजार ३ सय ७२ ले दुवै, म्याग्दीमा ३९ हजार ५ सय ३२ ले पहिलो र २१ हजार ३ सय ३६ ले दुवै, पर्वतमा ४४ हजार ४ सय १८ ले पहिलो र ३७ हजार ३ सय ८६ ले दुवै, स्याङ्जामा ९८ हजार ४ सय ४० ले पहिलो र ७१ हजार ८ सय ४३ ले दोस्रो, मनाङमा ५ हजार ८८ ले पहिलो र ४ हजार ४ सय ७९ ले दोस्रो, मुस्ताङमा ६ हजार ३ सय २७ ले पहिलो र ६ हजार ३ सय ९४ ले दुवै मात्रा लगाएका छन् ।

१ लाख बढीले लगाए खोप

तनहुँमा १ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका १ लाख ८ हजार ३ सय एकले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको संख्या ६५ हजार ८ सय ३८ रहेको छ ।

जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.