www.tandavnews.com
Fact ~ In search of truth

‘पूर्वाधार विकासमा हेभि इक्विपमेन्टको भूमिका महत्वपूर्ण’ : मन्त्री यादव

काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेनुकुमारी यादवले पूर्वाधार विकासमा हेभि इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।

दीपावली, नेपाल संवत एवं छठपर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय रहेकाे बताइन् । “हेभि इक्विपमेन्ट व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि मन्त्रालयले सम्बोधन गर्नेछ”, उनले भनिन् ।

Batas

महासङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीका समयमा हेभिइक्विपमेन्ट क्षेत्रले समस्या भोग्नुपरेको जनाउँदै समस्या समाधानका लागि मन्त्रालयले पहल गर्न माग गरे । महासङ्घका महासचिव सुरेश खत्रीले हेभिइक्विपमेन्टको चर्को बिमा शुल्क तथा उचित पार्किङको व्यवस्थापनलगायतका विद्यमान समस्याका बारेमा हेभिइक्विपमेन्ट व्यवसायीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.