www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा पछिल्लो २४ घन्टामा थप २३ जना संक्रमित, १ जनाको मृत्यु

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा २३ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा १ सय ३२ जनामा कोभिड परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयअनुसार गण्डकीका ११ वटा जिल्ला मध्ये आज ७ वटा जिल्लामा कोभिड पोजेटिभ देखिएको छ । आजमात्रै नवलपूर पूर्व १, स्याङ्जा ८, कास्की ९, तनहुँ २, लमजुङ १, गोरखा १ र म्याग्दी १ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ३४ जना निको भएर घर फर्किएका छन् । त्यस्तै ४ सय २१ जना होम आइसोलेसनमा रहेका छन् । भने १ सय ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज गण्डकीमा १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.