www.tandavnews.com
Fact ~ In search of truth

नेपाल कोभिड अपडेटः ४ सय ६९ संक्रमित थपिए, ३ जिल्लामा शून्य संक्रमण

काठमाडौँ, रासस

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ संक्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा संक्रमण देखिएको थियो । देशभर सक्रिय संक्रमित ९ हजार १७४ रहेका छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत पुगेको छ ।

Batas

५ सयभन्दा बढी संक्रक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी संक्रमित भएका जिल्ला १० रहेका छन् ।

३ जिल्लामा शून्य संक्रमण

यसैगरी संक्रमति शून्य रहेका जिल्लामा मनाङ, हुम्ला र मुगु छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्य लाभ गरेका छन् ।

योसँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।. यसैगरी आज कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४२७ को निधन भएको छ ।

मंगलबार ८० हजार ८१८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८६ लाख ७९ हजार १९८ ले पहिलो मात्रा र ७३ लाख २४ हजार ९२९ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.