www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्र बैंकद्वारा जिएमई-पे को अनुमति खारेज

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई-पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो ।

“यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फछ््र्याैट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो”, बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

Batas

राष्ट्र बैैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फछ््र्यौट विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो । “भुक्तानी तथा फछ््र्याैट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो”, उनले भने ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.