www.tandavnews.com
Fact ~ In search of truth

विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने तालिवानको निर्णय

एजेन्सी, ताण्डव न्यूज

अफगानिस्तानमा सरकार चलाइरहेको तालिवानले देशमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अब आन्तरिक कारोबारमा कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइए कारवाही गर्ने चेतावनी दिएका छन् ।

देशको आर्थिक र अन्य फाइदाको लागि स्वदेशी मुद्रा नै प्रयोग गर्नुपर्ने भन्दै उनले विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरे । तालिवानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अफगानी मुद्रा कमजोर हुँदै गएको छ । यस्तोमा अफगानिस्तानभित्र व्यापारिक कारोबार अमेरिकी डलरमा भइरहेको छ । यसले झन् कमजोर बनाउने भन्दै तालिवानले विदेशी मुद्रामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.