www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३ सय ८६ जनामा गरिएको नमुना परीक्षणमा ६२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

निर्देशनालयका अनुसार आज गण्डकीका ८ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका ३९, तनहुँ ५, नवलपुर २, पर्वत १, स्याङ्जा ८, गोरखा १, लमजुङ ४ र बागलुङ २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ५ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट १ सय १४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ६ सय २३ पुगेको छ। अहिले प्रदेशभर ४ सय ८१ सक्रिय संक्रमित छन् ।

Batas

आज गण्डकीमा कोरोनाको संक्रमणको कारण १ जना पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.