www.tandavnews.com
Fact ~ In search of truth

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

Batas

महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु १ हजार २५० मा कारोबार भएको थियो । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.