www.tandavnews.com
Fact ~ In search of truth

वाई-वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट १६ सदस्यीय टोली घोषणा

पोखरा, कार्तिक २४

कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले २ दिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा गरेको कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्दले जानकारी दिए ।

वाई-वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टोली घोषणा गरेको हो । किरण पौडेल (उपकप्तान), अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुवँर, सुवास शर्मा सापकोटा (विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना रहेका छन् । यसैगरी वैकल्पिकमा सञ्चार न्युरे र सुमन बुढा मगर रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् ।

Batas

कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको क्याम्पबाट २ वैकल्पिकसहित १६ सदस्यीय टोली घोषणा गरेसँगै बिहीबारबाट बन्द प्रशिक्षण शुरु गरिने संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो । बिहीबार यु–१९ ले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै यु–१९ ले भारतको स्थानीय भ्रमणकारी यु–१९ टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.