www.tandavnews.com
Fact ~ In search of truth

दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकार बविता बस्नेतलाई

यो पुरस्कार पाउने बविता पहिलो महिला पत्रकार

पोखरा, ताण्डव न्यूज

यस वर्षको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकार बवीता बस्नेतलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफासिरमा नेपाल पत्रकार महासंघ कास्कीको बुधबार सम्पन्न कार्यसमिति बैठकले बस्नेतलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

पुरस्कारको रासि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ । अघिल्ला वर्षमा पुरस्कारको रासि ५५ हजार ५५५ रुपैयाँ रहेकोमा यस वर्ष त्यति नै रकम थप भएर एक लाख एक हजार १११ रुपैयाँ पुर्याइएको छ । प्रतिभा छनोट समितिमा अग्रज पत्रकार एवं महासंघका पूर्व अध्यक्ष रवीन्द्र बाँस्तोला संयोजक, पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली, केन्द्रीय सदस्य त्रिभुवन पौडेल, महासंघका अध्यक्ष विमला भण्डारी र कार्यवाहक सचिव श्रीराम सिग्देल सदस्य रहेका थिए ।

Batas

नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा परिवारजनद्धारा स्थापित यो २२ औं पुरस्कार हो । यो पुरस्कार पहिलोपटक महिला पत्रकारले प्राप्त गर्दैछन् । बस्नेत हाल घटना विचारका सम्पादक हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.