www.tandavnews.com
Fact ~ In search of truth

कालीगण्डकीमा आएको बाढीले पुल बगायो

मुस्ताङ । 

लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।

बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको  १३ लाख लगानी तथा जनश्रमदान जुटाएर सो पुल निर्माण गरिएको हो ।

Batas

पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् । पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो ।

पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् । सांसद प्रेमप्रसाद तुलाचनले पुल निर्माणका लागि तत्कालै प्राविधिक खटाइने बताए । -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.