www.tandavnews.com
Fact ~ In search of truth

अपराधमा सजाय पाएर फरार रहेका ४ प्रतिवादी पक्राउ

तनहुँ

विभिन्न अपराधमा सजाय पाएर फरार रहेका ४ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् ।

लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र रु २ हजार जरिवानाको फैसला सुनाएको थियो । गुरुङ ४ वर्षपछि पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

Batas

लागुऔषध मुद्दामै फरार आँबुखैरेनी गाउँपालिका– २ सत्रसयकै २६ वर्षीय विजय अधिकारी पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र रु २ हजार जरिवानाको फैसला सुनाएको थियो । अधिकारी पनि ४ वर्षपछि पक्राउ परेका हुन् । यस्तै कर्तव्य ज्यान तथा गाली बेइज्जति मुद्दाका २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको छ ।

करेन्ट लागेर युवकको मृत्यु

आफ्नै घरमा करेन्ट लागेर तनहुँमा १ युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका– ३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

राना आफ्नै कोठामा अचेत भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । करेन्ट लागेर ४१ वर्षीय दलबहादुर राना र २४ वर्षीया सोममाया थापा मगर घाइते भएका हुन् । सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौँडाका कर्मचारीको लापरवाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई रु २५ लाख दिनुपर्ने माग छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.