www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशन तनावः काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन बस्ने क्रम जारी

काठमाण्डौ, ताण्डव न्यूज

महाधिवेशनको मिति नजिकिँदै गर्दा समेत नेपाली काँग्रेसले पार्टी भित्रको विवाद अझै पूर्ण रुपमा समाधान गर्न सकेको छैन । विभिन्न असहमति जनाउँदै काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन बस्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् । यस्तै १ सय १८ दिनदेखि सानेपामा अनसनमा बसेका रौतहटका नेता कार्यकर्ताले भने अनसन तोडेका छन् ।

Batas

नेता उदयकान्त यादवले अनसन तोडेपनि आफूहरूको आन्दोलन भने नसकिएको बताए । महाधिवेशनको मिति नजिकिदै गर्दा नेताहरूले विभिन्न पदमा उम्मेद्वारी दिने क्रम पनि चलिरहेको छ । उम्मेद्वारी घोषणासँगै नेताहरूले आ–आफ्नो पक्षमा वातावरण बनाउन नेता कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने काम पनि गरिरहेका छन् । सभापति तथा महामन्त्रीमा आकाङ्क्षीहरूले उम्मेद्वारी घोषणा गर्नुका साथै तयारी पनि गरिरहेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै प्रचार समिति बनाएर काम थालेका छन् । युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफूले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.