www.tandavnews.com
Fact ~ In search of truth

३४२ औँ समता काव्य सन्ध्या सम्पन्न

पोखरा, ताडण्व न्यूज

पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४२ औं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति सरुभक्तले आँफु सँस्थापक सचिव भएको सँस्थाले कुनै कार्यक्रमको ३४२ औं श्रृङ्खला चलाइ रहँदा सँस्थाको गरिमा उच्च भएकोमा खुशी व्यक्त गरे ।

विषेश अतिथि बाग्मती प्रदेश सभासद नेपाल भाषाका कवि सुरेन्द्रराज गोसाईले साहित्यकार र कलाकारलाई राज्यले राज्यका सन्ताननै ठानेन आँफु भक्तपुरको स्थानीय बासन्दिा भए पनि अनागरीक जस्तो व्यबहार गरेकोमो दुःख व्यक्त गरे । साहित्य र कलाको माध्यमबाट पोखरा र भक्तपुरलाई जोड्दै भाषा, कला र साहित्य आदान प्रदान गर्न हातेमालो गर्न सकिने बताए । अर्का वक्ता पोखरेली युवा साँस्कृतिक परिवारका सँस्थापक सह–सचिव सङ्गीतकार विक्रम गुरुङले आफू लामो वैदेशिक बसाइ पछि जन्मथलोमा आँउदा र आफ्नो मातृ सँस्थाले आयोजना गरेका कार्यक्रममा बोल्न र नयाँ पुस्ताका उम्दा कविता सुन्दा नेपाली साहित्यमा अझै पनि पोखराले हस्तक्षप गर्न सक्ने बताए ।

Batas

कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, कवि इश्वरमणि अधिकारी, दीपक समीप, लिली अधिकारी, भुमिराज बस्ताकोटी, रेशम गिरी, विष्णुप्रसाद बास्तोला, निकेश गिरी, केशब ज्ञवालीलगायत कविहरुले रचनाहरु वाचन गरेका थिए । ‘साहित्य, कला र सङ्गीतको उत्थान ः हाम्रो प्रण’ को गुञ्जनका साथ विक्रमाब्द २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिस्तरमा परिचित छ ।

परिवारको साहित्य विभागकी संयोजक रिता अधिकारीले कविहरूलाई स्वागत गरेकी थिइन । पोयुसाँपका अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न काव्य सन्ध्याको सञ्चालन पोयुसाँपका सह सचिव शिव त्रिपाठीले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.