www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः १७ जना संक्रमित, १ को मृत्यु

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९४ जनामा गरिएको नमुना परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकीका ३ जिल्लामामात्र संक्रमण पुष्टि भएको हो । यस्तै कास्की १०, नवलपुर पूर्व ४ र स्याङ्जा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार १८६ पुगेको छ। अहिले प्रदेशभर २०८ सक्रिय संक्रमित छन् । साथै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ८०३ पुगेको छ ।

Batas

सोमबार गण्डकीमा कोभिडका कारण १ जनाको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १,४०९ पुगेको निर्देशनालयले जनाएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.