www.tandavnews.com
Fact ~ In search of truth

सोलुखुम्बुको कांग्रेस नेतृत्व चयनका लागि पुनः मतदान हुने

सोलुखुम्बु

नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन । जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।

Batas

पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार भएको खण्डमा कुनै पनि उम्मेदवारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो । कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो । सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गर्नुभएको थियो । सबैभन्दा कम मत प्राप्त गरेका उम्मेदवार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ । मङ्सिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.