www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पनि सुरु भयो महिला हिंसा विरुद्धको १६ दिने अभियान

पोखरा, ताण्डव न्यूज

आजदेखि महिला हिंसा विरुद्धको १६ दिने अभियाना सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि अभियान सुरू गरिएको हो । गण्डकी प्रदेशको शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा भोलिदेखि पोखरामा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान भएको हो ।

गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना गरिएको मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । आज मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म साझा अभियान सञ्चालन हुने भएको मन्त्रालयका सामाजिक महाशाखा प्रमुख जमुना पौडेलले बताईन् ।

Batas

उनका अनुसार मूल समारोह समितिले आज विहान सचेतनामुलक ¥याली निकालेको छ । गैर सरकारी संस्था महासंघसँगको समन्वयमा सभागृहदेखि जिल्ला समन्वय समितिको हलसम्म सचेतनामूलक ¥याली निकालिएको उनले बताईन् । मन्त्रालयले १६ दिनसम्म नै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाईएको छ ।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७ सय ५३ स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छिन् । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शुभकामना सन्देश दिँदै अभियानको सफलताको कामना गरेकी हुन् । राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा अझै पनि महिलाहरूले कानूनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछूतजस्ता हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको उल्लेख गरीएको छ । सन्देशमा लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.