www.tandavnews.com
Fact ~ In search of truth

३ दिनको मौसम जानकारीः एकदुई ठाउँमा हल्का हिमपात हुने, प्रदुषण नघट्ने

पोखरा, ताण्डव न्यूज

अबको तीन दिन उच्च पहाडी तथा हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने कुनै प्रणाली नभएपनि स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए ।

Batas

यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैबीच चिसो बढेसँगै तुवाँलो लाग्दा मौसम पूर्ण रुपमा खुल्न नसक्ने मौसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने वा तिब्र गतिको हावा चल्ने प्रणाली नभएकाले प्रदुषण तत्काल घट्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.