www.tandavnews.com
Fact ~ In search of truth

साउदी अरेरिबायाद्धारा यमनमा बमबारी

आदेन ।

केही वर्षयतादेखिको द्धन्द्धग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ । यमनको मारिब शहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

तर सो शहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्धारा बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

Batas

मारिब शहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ ।

गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो शहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ ।

रासस/सिन्ह्वा
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.