www.tandavnews.com
Fact ~ In search of truth

फुटबलर क्षेत्रीलाई उपचारार्थ सहयोग

पोखरा, ताण्डव न्यूज

नेपाली टोली यू १२ को पूर्व फुटबल खेलाडी मनिप क्षेत्रीलाई गैर आवासीय संघ (एनआरएन) पोर्चुगलका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी कमलमान गुरुङसहितको टोलीले आर्थिक सहयोग गरेको छ । प्रशिक्षणको क्रममा घाईते भएका पोखरा महानगरपालिका ५ का क्षेत्रीलाई व्यवसायी गुरुङलगायत पूर्व खेलाडी तथा समाजसेवीहरुले संयुक्त रुपमा २५ हजार रुपैयाँ सहयोग गरेको हो ।

घाईते क्षेत्रीको उपचारका लागि व्यवसायी कमलमान गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा स्पोर्टस् क्यासलका संचालक ईश्वर गुरुङ, विटी क्लबका अध्यक्ष विजया गुरुङ, समाजसेवी राधा गुरुङ र अमित गुरुङ ‘जोन’ ले सहयोग प्रदान गरे । सो सहयोग रकम ग्रहण गर्दै फुटबलर क्षेत्रीले खुट्टाको उपचारका लागि पर्याप्त हुने बताए । यस्तो भएको पोहोर हो, उनले भने, ‘मेरो एसीएल, एसीएल र लेगामेन्ट टियर भएको छ, आज पद्म नर्सिङ होममा एमआर आई गर्ने हो । सुधार आउँला जोडिन्छ भन्नुभाथ्यो डक्टरले । जे होस् र्दाइहरुको सहयोगले मज्जाले खर्च पुग्छ । गुरु र दाईहरुप्रति आभारी छु ।’

Batas

उनले यसअघि उपचारका लागि अन्य व्यक्तिहरुलाई समेत गुहारेको बताउँदै कसैले सहयोग नगरेको गुनासो गरेका थिए । क्षेत्रीले जापानमा सम्पन्न प्रतियोगितामा नेपाली यू १२ को फुटबल टोलीमा रहेर खेलिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.