www.tandavnews.com
Fact ~ In search of truth

‘ड्रिमल्याण्ड’: जहाँ काटिन्छ ५० रुपैयाँमा कपाल

पोखरा, ताण्डव न्यूज

बारबर सपको दुनियाँमा फरक पहिचान स्थापित गर्ने उद्देश्यसहित पोखरामा ‘ड्रिमल्याण्ड बारबर शप’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका १ बगरस्थित धोविगौडा चोकमा दुई युवाको संयुक्त लगानीमा उक्त सप संचालनमा ल्याईएको हो । बारबर सपका सञ्चालक रोशन लिम्बुले ५० रुपैयाँमा कपाल काट्ने सेवा प्रदान गरिरहेको बताए ।

उनले महँगिदो समयलाई मध्यनजर गर्दै सेवामुखी व्यवसायको अवधारणामा सप सुरु गरेको बताए । ‘हामीले नाफामुखी नभई सामाजिक उत्तरदायित्व वहन गर्दै सेवामुखी व्यवसाय सुरु गरेका छौ, उनले भने, ‘नेपाली समुदायकै बारबर भाईहरुले सेवा दिनुहुन्छ । अहिलेसम्म हामीले कपाल काटेको ५० र दाह्री काटेको ३० रुपैयाँमा सेवा प्रदान गरिरहेका छौ ।’

Batas

उनले कपाल काट्ने पेशामा भारतीय मुलका नागरिकहरु मात्रै नभई नेपालीहरु पनि अब्बल छन् भन्ने सन्देश प्रवाह गर्नसमेत सप सञ्चालन गरेको बताए । ‘हामीहरु कपाल काट्ने भन्ने बित्तिकै ईन्डियन मात्रै भन्ने बुझ्छौ, लिम्बुले भने, ‘त्यसैले हाम्रै नेपाली भाईहरु पनि सक्षम र स्वाबलम्बी छन् भन्ने म्यासेज फ्लो गर्न पनि सप सुरु गरेका हौं ।’

संचालक लिम्बुले ग्राहकको माग अनुसार ५० रुपैयाँको सेवालाई यथावत राख्दै अन्य दुई विधाको मुल्यसूची पनि पुस १ गतेदेखि लागु हुने गरि सेवा प्रदान गर्ने बताए । ‘युथहरुको रोजाई र मागलाई मध्यनजर गर्दै हामीले यही पुसको १ गतेदेखि दुईवटा मुल्यसूचीसहितको सेवा पनि एड गरेका छौ, उनले भने, ‘स्टाईलिस र लाईनिङसहितको सेवालाई हामीले दुई भागमा विभाजन गर्दै ग्रेड ‘ए’ को सेवा शुल्क १ सय ५० र ग्रेड ‘बि’ को सेवा शुल्क १०० गर्ने तयारीमा छौ । भने हाम्रो ब्राण्ड ५० रुपैयाँ त यथावत नै रहनेछ ।’ उनका अनुसार सपले पुरुष तथा महिलाको हेयर कटिङसँगै, हेयरवास, हेयर हाईलाईट, हेयर ट्रिट, हेयर स्ट्रेट तथा कलरिङसहित पार्लरसम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

होम सर्भिसको तयारीमा ‘ड्रिमल्याण्ड’

सपले व्यस्त समयको मध्यनजर गर्दै सेवाग्राहीलाई होम सर्भिसको तयारी गरेको संचालक लिम्बुले बताए । उनले यथाशिघ्र होमसर्भिसको व्यवस्थासमेत सुरु गर्ने जानकारी दिए । ‘अहिलेका मानिसहरु निकै व्यस्त हुन्छन्, उनीहरुको समयलाई मध्यनजर गर्दै हामीले होम सर्भिसको तयारी गर्दै छौं, उनले भने, ‘होम सर्भिस हाम्रो पोखरा भ्यालीभित्र मात्रै हुनेछ ।’

उनका अनुसार होम सर्भिसमा पुरुष तथा महिलाको ईच्छा अनुसारका हेयर कटिङ सर्भिस प्रदान गरिनेछ । उनले होम सर्भिससँगै ड्रिमल्याण्डले हेयर कटिङ सम्बन्धि तालिम सञ्चालन गर्ने तयारी समेत गरेको बताए ।

ग्राहकको सन्तुष्टी नै हाम्रो चाहना

बारबार सपले प्रदान गर्दै आएको ५० रुपैयाँको सेवामा पूर्ण सन्तुष्टी रहेको सेवाग्राहीहरु बताउँदै आएका छन् । उनीहरुले महँगिदो समयमा सस्तो शुल्कमा गुणस्तरिय सेवा प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

सीमपानीका हरिदेव अधिकारीले बारबर शपले प्रदान गरेको सेवामा कुनै कमी कमजोरी नरहेको बताए । ‘५० रुपैयाँमा कपाल काट्न पाउँदा छोटो समयमा पटकपटक पनि काटिन्छ, उनले भने, सस्तो पैसा भनेर कपाल कटाई नराम्रो छैन । उहाँहरुको सेवा र गुणस्तरमा केही कमी छैन । उहाँहरुको डेकोरेशन अनुसार त पैसा निकै कम होनी ।’ उनले थपे ।

त्यस्तै मोहरियाका रिमबहादुर बिक पनि बारम्बार सेवा लिन ड्रिमल्याण्ड नै पुग्ने गरेको बताए । उनले सस्तो शुल्कसँगै गुणस्तरिय सेवाकै कारण जति समय खर्चेर पनि कपाल र दाह्री काट्न ड्रिमल्याण्ड जाने दोहोर्याए । ‘कपालसँगै दाह्री र जुंगा काट्न म त्यही जान्छु, उनले भने, ‘अझ त्यहाँको रमाईलो कुरा त दाह्री काट्दा जुंगा फ्रि रैछ ।’ कपाल त सस्तै नै भैगोनी ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.